काठमाडौँ, २७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि होली सीका गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशीबीचको कूटनीतिक सम्बन्ध, सामाजिक–आर्थिक विकासमा दुई देशले खेलेको भूमिका तथा प्रबिद्धता एवम् आपसी सहयोग र सम्बन्ध लगायतमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस
Post a Comment