0

चौधरी समूहले अफ्रिकी मुलुक रुवान्डाको किगालीमा जुलाईदेखि लक्जरी होटल सञ्चालनमा ल्याउने भएको छ ।
रुवान्डामा हुन लागेको अफ्रिकी युनियन (एयु)को शिखर सम्मेलनको अवसर पारी होटल सञ्चालनमा ल्याउन लागिएको हो । किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको ‘द जिंक किगाली’ होटल रहेको छ ।
जिंक किगालीका पहिलो ग्राहकहरु सम्मेलनमा भाग लिन आउने विभिन्न मुलुकका राष्ट्र प्रमुखहरु हुने सिजी होटल एन्ड रिसोर्टका निर्देशक राहुल चौधरीले बताए । जुलाई १० देखि १८ तारिखसम्म हुने सम्मेलनमा भाग लिन ५४ देशबाट ३५ सय डेलिगेट्सहरु रुवान्डा जाँदैछन् ।
जिंक किगाली पाँचतारे लक्जरी होटल हो । अग्लो बिल्डिङ भएको यस होटलमा १५३ रुमहरु रहेका छन् । होटलमा ९ वटा स्वीट र बाँकी सबै सुपर डिलक्स रुमहरु हुन् ।
होटलको छत (टप)मा आकर्षक स्वीमिङ पुल बनाइएको छ । स्वीमिङ पुलको छेउमा रुफ टप रेष्टुरेन्ट रहेको छ । होटलको छतबाट किगाली शहर हेर्दै स्वीमिङ गर्न र खाना खान सकिन्छ ।
होटलमा दुईवटा ठूला सभाहल बनाइएको छ । जहाँ ठूला कार्यक्रमहरु आयोजना गर्न सकिने बताइएको छ । अन्य साना हलहरु पनि होटलमा रहेका छन् ।

Post a Comment

 
Top