मुम्बई । रणबीर सिंह र दिपिका पादुकोणको विषयमा भारतीय मिडियाले धेरै गसिप बनाएको छ । रणबीर -दीपिका मिले । उनीहरुको सम्बन्ध खराब छ, बोलचाल बन्द भयो जस्ता समाचार बारम्बार आइरहन्छ ।
यसपाली फेरि त्यस्तै समाचार आयो दीपिका र रणबीर विच ब्रेकअप भयो । ब्रेकअप हुनुको कारण पनि पेश गरे । उनीहरु दुबै आफ्नो काममा ब्यस्त छन् त्यसकारण ब्रेकअप भयो ।
यी सब हल्लाहरुका विच दीपिकाले एउटा मिडियालाई अन्तरवार्ता दिँदै भनेकि छिन् ‘रणबीर मेरो जीवको सबै भन्दा महत्वपूर्ण हिस्सा हो’ उनले यो पनि भनिन् आफुहरुको सम्बन्धमा कुनै किसिमको तनाब उत्पन्न भएको छैन ।
आफ्नो सम्बन्धको वारेमा वेला वेलामा विभिन्न अवफाह फैलिने गरेको भन्दै त्यस्ता प्रसंगका विषयमा टिप्पणी नगर्ने उनको भनाई थियो ।
आफ्नो सम्बन्धको वारेमा वेला वेलामा विभिन्न अवफाह फैलिने गरेको भन्दै त्यस्ता प्रसंगका विषयमा टिप्पणी नगर्ने उनको भनाई थियो ।
बाजीराव मस्तानीमा काम गरेपछि उनीहरु पुनै एउटै फिल्ममा देखिएका छैनन् त्यहि प्रसंगलाई पनि उनीहरु सम्बन्ध बिग्रनुको कारण बनाएका छन् । अहिले दीपिका हलिउड फिल्ममा ब्यस्त छिन् भने रणबीर बलिउडमै काम गर्दैछन् ।
Post a Comment