0

बाबा! बबा!!म हिडें है।’
‘भरे समय मै आउनु नि ।, ‘मलाई अस्नैया रामेश्वर माष्टर सा’बकोमा श्राद्य गराउन जानु छ । फटाफट हिड्दा पनि दुई घण्टा लाग्छ । म घर आउदा ढिलो हुन्छ ।’
‘हुन्छ,बा म समयमा नै आई पुग्छु ।’,फेरी मलाई पनी जान मन त कहाँ छ र ?’गईन भने सीता रिसाउछे त्यसैले जान लाको ।’म गुटुटु कुदि हालें ।
म दायाँ बायाँ नहेरी फटाफट सुनवल पुगे ।
काठमाण्डौ! काठमाण्डौ!! बसको कण्डक्टर, यात्रु बोलाईरहेको थियो ।
कसैले देख्ला की भन्ने डरले सुटुक्क बस भित्र छिरेर सिटमा बसी हालें। केही बेरम नै बस हुईकिन थाल्यो। बस आफ्नो गतीमा दौडिरहेको थियो। तर बस भन्दा कैयौ गुणा रफ्तारमा मेरो मन हुईकिरहेको थियो। म उति बेला त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुग्थे भने उतीबेलै मेरो गाउँ जहाँ पवन र म हाम्रो बाल्यकाल बिताएका थियौं ।
‘अस्ती तिम्रो घरमा आउदा तिम्रो बाले किन त्यसरी भकुरेको नितु ?’ एक हातले कट्टु तान्दै, सुक्क सुक्क गर्दै सोधेको थियो ।
‘ठुलो भ‘सी धेरै टाढा गर संगै बस्ने है?’
‘मैले, छोको त तिमरले खान हुन्न नि ।’
‘अरुले नखानी म त खान्छु के ।’ म मिठो मिठो पकाउछुु तिम्ला नि दिन्छु , म नि खान्छु नि है ?’
‘तिम्रो बाले फेरी भकुरे भनि ?’
‘बाले पनी फेला नपार्नी ठाममा जाम्ला नि ।’
‘ल है खाना खाना यता आउनुस,यता, ल हात धुने, दिसा,पिसाब गर्ने ठाँउ पछाडि ।’
म झसंग भए, भर्खरै निद्राबाट ब्यूझे जस्तै ।
म गाडीमै बसिरहे मनमा आँधि चलिरह्यो। ‘बाले घरमा मलाई नदेख्दा के गर्लान?’, सोचेर म अत्तालिए ।
‘तेरो आमाले सानैमा सधैको लागी छोडेर गएपछि, तलाई कम्ती दुखः सहेर हुर्काको हैन ।’, ‘जिन्दगानी लामो छ,एक्लै जिउन गाहे हुन्छ है बाबै ।’ सबैले यस्तै सल्लाहा दिन्थे । कहिले काँही त मलाई पनी त्यस्तै लाग्थ्यो तर तैले दुख पाउछेस भन्ने डरले बिहे गर्ने मन कहिल्यै बनाईन ।’बाले यस्तै भन्थे ।
खाना पछि गाडी आफ्नै गतिमा दौडीरहेको थियो । झ्यालबाट बाहिर नजर डुलाएं, पहाड हरीयालीले ढकमक्क ढाकिएको थियो,त्रिशुली निश्चल तथा शान्त थियो तर मेरो मन भित्र भने ज्वारभाटा चलीरहेको थियो । फेसबुुुकमा पवनको फोटो धेरै पटक हेरेकी थिए, उसका चौडा छाती तथा बलिष्ठ पाखुरा, साच्चीकै लोभलाग्दो थियो । म त्यही बलिष्ठ पाखुरामा बाँधिएर बस्ने कल्पनामा रोमान्चित हुन्थें ।म आज जिन्दगीको कठिन मोडमा उभिएकी थिए । एकातिर पवन जसलाई गुुमाउन सक्दिनथे भने अर्काेतिर बा, जसको म बाहेक अरु यो दुुनियामा कोहि पनि थिएन, उनलाई सधैको निम्ती त्याग्दै थिए । पवन कथित अछुत थियो जसका कारण बिहे पछि म माईती आउने सम्पुर्ण ढोका सधैका लागी बन्द हुन्थे।
पवन के गरेको यस्तो ?अरु केटीको यसरी हात समाउन लाज लागेन, तिमीलाई ?तिमीले यस्तो गर्छौ भन्ने त मैले सपनामा पनी सोचेको थिईन।’
‘नानी,नानी के भो तिमीलाई ?’ छेउको सिटमा बस्ने आमैले कुहिनोले ठेल्दा म झस्किएं ।
‘नानी सपनाए जस्तो छ,लौ पानी खाउ।’
पानी खाँदै गर्दा मैले सपनाएर के के भने, आमैले एकै सासमा फुस्फुसाईन । मेरो अनुहार लाजले रातो भएको थियो ।
एउटै प्लेनमा यात्रा गरीरहेका हामी, पवनले एयर होस्टेजको हात समातेको पो देखेछ, सपनामा । त्यसैले बेसरी गाली गरेंछु , पवनलाई ।
‘पवन कस्तो भो होला ?कतै उसले मलाई धोका दिने त होईन?’
‘होईन,होईन, मेरो पवनले मलाई त्यस्तो गर्न सक्दैन।’
‘नीतु, मलाई धोका नदिनु है, तिन बर्ष त हो नि। म पढाई सकेर फर्के पछि तिमीसँग बिहे गर्छु,तिमीलाई जिबनभर माया दिन्छु, म तिमी बिना एक पल पनी बाच्न सक्दिन, नीतु ।’
‘म पनी त तिमी बिना कहाँ बाच्न सक्छु र पवन?’
‘म अछुुुुत अनी तिमी बाउन, के तिमी यो समाज सँग लड्न सक्छौ ?’पवनले भनी नसक्दै मैले आफ्नो औलाले उसको मुख बन्द गरी दिएं।
‘मैले धेरै पटक भनी सकें, हाम्रो प्रेमको बिचमा जातलाई नल्याउँ है , भनेर। मेरो पे्रममा तिमीलाई बिस्वाश छैन भने मेरो भन्नु केही छैन।’म ठुस्सिए ।
‘होईन काली कहाँ त्यस्तो भनेको हो र मैले ।’ मलाई गम्लङ्ग अङगालो हाल्दै चुम्बनको बर्षा गर्न लाग्यो। गाला,निधार,गर्धन,ओठ कहि बाँकी राखेन। मैले आफ्नो शरीर पुरै उसको काखमा छोडिदिए ।पुरै शरीर उसलाई सुम्पेको थिए, म अर्धचेतन भएको थिए । सायद स्वगीय आनन्दको अनुभुती गरीरहेको छुु, जिबनमा पहिलो पटक। आज पवन स्वतन्त्र छ ।उ जे जे चाहान्छ त्यो गरीरहेको छ । मैले आफ्नो शरीर पुर्ण रुपमा उसलाई सुम्पिेकी थिए।
‘नितु, हामी आफ्नो मर्यादा नाघ्नु हुुदैन’ एक्कासी मलाई आफ्नो शरीरबाट हटाउदै कामेको स्वरमा उ बोलीरहेको थियो।
टीङ! टीङ! टीङ! टीङ!फटाफट मोबाईल निकालें ।
‘पवनकै हुनु पर्छ ।’
‘हेलो’
‘नीतु ,म पवन, तिमी कहाँ पुग्यौं?’
‘म, कलङकी ।’
‘त्यसो भए तिमी सिधै सुन्धरा पुग्नु म त्यही आई पुग्छु ।’
‘हुुन्छ । तर, तिमीले ढिलो नगर्नु है?’
‘फोन राखें है।’
‘त्यही धरहराको अगाडी उभिनु नि ।’
‘ल ल हुन्छ।’
कलङकीमा लामै जाममा परे, म टेम्पोमा सुन्धरा पुग्दा उ धरहराको अगाडी पर्खिरहेको थियो ।
तिन बर्षमा त उ धेरै परीबर्तन भएछ ।सलक्क परेको जिउ , चौडा छाती , मोटा तथा बलिष्ठ पाखुरा, कुनै सिनेमाको हिरो भन्दा कम थिएन, पवन।
‘कती ढिलो गरेकी ?आफुलाई कति बेला भेटम भएर ।’
‘हेरन, कति जिस्किन सक्या होला’ म अली लजाएं।
‘जाममा परेपछी के गर्नु त?’
‘मजाक पो गरेको त, नरिसाउन काली’
‘ल ल जाम छिटो, पैसा साट्नु छ अनी किनमेल पनी त धेरै गर्नु छ नि।’ उ अगाडी लाग्यो म पछी पछी ।
करीब तिन घण्टा लगाएर किनमेल गरी सक्यौं ।
होटल पुग्दा करीब आठ बजीसकेको थियो ।
‘उफ, सारै थाकिएछ, भोक पनी लागेको छ । खाना खाएरै कोठामा जाम है ।’
मैले सहमती जनाए ।
खाना खाएर हामी कोठामा के पुगेका थियौं पवनले बाघले मृगलाई जस्तै झम्टन शुरु गर्यो । कता कता डर लागीरहे पनी रोमान्चित भईरहेको थिए, सायद धेरै बर्ष पहिले देखी नै मानसिक रुपले यो दिनका निम्ती तयार थिए ।पवनकै निम्ती साचेर तथा जोगाएर राखेको थिए त्यसैले त आज उ स्वतन्त्रतापुर्वक भोग गरीरहेको छ । उसको घर्षण संगै भत्भत्ति पोलीरहेको थियो तर दुखाई संगै एक प्रकारको आनन्द महसुश भैरहेको छ ।
अलीकती संकोच, अलीकती डर,अलीकती कौतुहलता, धेरै आत्मियता संगै उ प्रती समपित थिए । उसका हातका औलाहरु निश्फिक्री संग मेरा सम्पर्ण अंङ्गहरुमा सलबलाई रहेका थिए।कति कोमल छन उसका हातहरु ।
स्कुल बिदा भएपछि उ आफ्नो बालाई पालो दिन हाम्रो खेतमा आउदथ्यो । दिनभरको खनजोतले उसका हातखुट्टा फुटेका हुन्थे । उसले छुँदा उसको हातको ठेलाले स्वतः आफ्नो उपस्थिती जनाई हाल्थे।
जतिसुकै पिडा भएपनि आज आफ्नो जिबनले पुणताः पाएको अनुभुति भैरहेको थियो ।
बिहान उठ्दा शरीर कर्करी दुखिरहेको थियो साथमा हल्का पनी । निर्बष्त्र शरीरमा टावेल बेरें। हरेक पाईला सार्न अति गार्हाे भईरहेको थियो। पिसाब गर्दा त अत्यन्तै चहर्यायो ।
पवन तयार भईसकेको थियो । ‘नितु , अब छिटो तयार हुनु पर्छ, है।’(तानेर आफ्नो काँखमा राख्दै भन्यो।
लामो समयको प्रतिपछी मेरो मायाले पुणाकार ग्रहण गर्दै थियो । म अत्यन्त रोमान्चित थिए साथै अनिश्चित भबिष्य प्रती चिन्तित पनी । तर पवनको माया र साथले जस्तोसुकै परिस्थितीको पनि सामना गर्न मानसिक रुपले तयार थिए त्यसैले पुर्णरुपले पवनमा समाहीत भएकी थिए ।
दक्षिणाका आधारमा बिवाहको समायाबधि निर्धारण हुने अहिलेको परिबेशमा हाम्रो बिहे पनी करिब आधा घण्टामा सम्पन्न भईसकेको थियो , लाग्थ्यो पवनले मोटै दक्षिाणा टक्राएको हुनु पर्छ ।
उसको हातले आफ्नो सिउँदो सजाउने बर्षाै देखीको ब्यग्र प्रतिक्षालाई पुरा गर्दै उसले मेरो सिउदो रंगाएको थियो । हामी जिबनभर संगै बाच्ने संगै मर्न कसम खाएका थियौंै । जब उसको पाउँमा आफ्नौ सिर राखे , मेरा कानमा गुन्जि रह्यो ‘‘छोरी त्यो पबन दलित हो, त्यसले छोएको खानु हुदैन है ।’ तर, मैले भगवान मानेकी छु र मनमनै उसको पुजा गरेकी छ ु ।
हामी ट्याक्सी चढेर होटल पुग्यौं । मैले पवनको हात समाईरहेकी थिए , अझै जोडले समाउन मन लाग्थ्यो , उ कहिल्यै म बाट टाढा नहोस ।
‘आज एक बर्ष भयो ।’ मेरो जिन्दगी म बाट लुटिएको । पवन बिनाको यो एक बर्षका हरेक पाना पल्टाउदा पल्टाउदै सन्धारा पुगे । निकै भिडभाड थियो , सायद कुनै समारोह हुदै थियो। चारै तिर पुलिसको कडा चेकजाँच थियो । माईकमा कोही बोल्न शुरु गर्याे ‘अब हाम्रो बिचमा आउदै हुनु हुन्छ , आजको यस कार्यक्रमका प्रमुख आकर्षण ,सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ।’
ओली बोल्न शुरु गरे। तर, मेरो मस्तिष्कमा एक बर्ष अगाडी तस्बिर घुमिरहेको थियो । मलाई उभिन पनी गार्हे भैरहेको थियो । ओठ मुख सुकिरहेको थियो ।
त्यो चित्र मेरो नजर वरीपरी घुमिरहेको थियो । भद्रकालीबाट होटल पुग्दा मेरो पेट बेसरी दुखिरहेको थियो , म छटपटाईरहेकी थिए ।
‘पवन दुख्यो के , म त मर्नै आँटै ।’
‘केही हुदैन , काली म तुरुन्तै औषधि लिएर आउछु ।’
‘मलाई छोडेर नजाउ न, पवन।’
‘औषधि खाएपछी निको भै हाल्छ, म छिटो लिएर आउछ ।’
‘भुकम्प पिडितलाई यो सरकारले उचित ब्यबस्थापन गर्ने छ ।’
प्रधानमन्त्रीेको आवाज मधुरो संग मेरो कानमा गुञजीरहेको थियो ।
म भने अर्धमुर्छित अवश्थामा थिए ।
मेरो ओठ र निधारमा चुम्बन गरी हतार हतार औषधि लिन गएको पवन फेरी फर्केर आएन । त्यो बैसाख १२, धरहराले च्यापिएको उसको बिभत्श लाश , मृत्यु संग त्यत्रो संघर्ष गर्दा पनी औषधि सुरक्षित साथ मुठ्ठी कसेर राखीरहेको थियो ।
कथित जातभातका कारण मैले आफ्नो प्राणप्रियको अन्तिम संस्कार गर्न बाट समेत बन्चित हुनु पर्याे । उसका बाबुले शब हस्पिटलबाटै घर लगे भने कथित अछुत संग बिहे गरेको सजाय स्वरुप माईतीको ढोका सदाका निम्ति बन्द भयो ।
भिडलाई छिचोल्दै , घिस्रिदै पवनको शब भेटिएको स्थानमा पुगें । ओली भाषण गर्दै थिए ।
१९९० को भुकम्पमा यो पुर्णरुपमा ध्वश्त भएको भए , मैले, मेरो पवनलाई गुमाउनु पर्दैन थियो । म लगभग अचेत अवश्थामा थिएं ।
मधुरो संग ओलीको आवाज मेरो कानमा ठोक्किन पुुग्यो,म तपाईहरुको बिचमा घोषणा गर्दैछु , सरकारले आफ्नै स्रोतबाट एक बर्ष भित्र यो ऐतिहासीक धरहराको निर्माण कार्य सम्पन्न गर्ने छ ।’
मैले टेकेको जमिन भासिए जस्तो भयो , भनभनी रिंगटा लाग्यो । पवनको शब भेटिएको ठाँउमा ड्याम्म पछारीए । सारा सहभागीलाई स्तब्ध बनाउदै चिच्चाएछु ड्ड’ नाई।।।।।ओली त्यो धरहरा कहिल्यै नबनाउ‘‘‘‘‘‘‘।
by:khabarbani.com

Post a Comment

 
Top