0

भारतले अघोषित नाकाबन्दी गरेसँगै तेल आयातमा पहिलो विकल्पका रुपमा रहेको चीनबाट तेल ल्याउनु भौगोलिक असहजता हुँदाहुँदै पनि नेपालका लागी थुप्रै चुनौती छँदैथिए । ति चुनौतीको सामना गरेर भए पनि चीनबाट तेल ल्याउन सरकार राजी भयो ।
तर अचानक चीनले दोहोरो करका विषयमा लचिलो नबन्दिँदा इन्धन सम्झौता अड्किएको छ । इन्धन ल्याउँदा लाग्ने कर छुट गर्न सरकारले गरेको प्रस्ताव चीन सरकारले नमानेपछि सम्झौता रोकिएको हो। चीनबाट तेल ल्याउँदा भारतबाट भन्दा एक लिटर तेलमा थप १३ रुपैयाँ महँगो पर्छ ।
यही कारणले पनि यस अघि नै पटक पटक चीन जाने तयारी गरेको सरकार आईतवारसम्म पनि चीन जान सकिरहेको छैन । चीनले पहिलो पटक विदेश निर्यातको रुपमा नेपालमा पेट्रोलियम पदार्थ निर्यातको सम्झौता गर्न लागेकोले केही दिन नियम कानूनको समस्याले यो सम्झौता पर सरेको चीनिया समाचार एजेनसी सिन्ह्वाले जनाएको छ ।

Post a Comment

 
Top