पुरै विश्वलाई नै असर पार्ने गरी दुनियाँको सबैभन्दा पुरानो साम्राज्य बेलायतका जनताले शुक्रबार युरोपियन युनियनबाट अलग हुने निर्याय गरेका छन् । धर्तिको स्वर्ग मानिने २८ राष्ट्रहरु मिली एक बहुराष्ट्रझैं रहेको युरोपियन युनियन अबको दुई वर्षमा २७ सदस्यमा सीमित हुनेछ ।
बेलायमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमा ‘लिभ’ अर्थात युरोपियन युनियन छोडने पक्षमा ५१ दशमलव ९ र ‘रिमाइन’ अर्थात युनियनमै बनिरहने पक्षमा ४८ दशमलव १ प्रतिशत बेलायती नागरिकले आफ्नो मत दिएका थिए ।
जनताको असली शासनको नम्रनाका रुमामा चित्रित बेलायतका जनताले एतिहासिकरुपमा सत्ताधारी र विपक्ष दुबै पक्षको लबिंग लाई मातदिएर युरोपियन युनियनबाट अलग हुने मत जाहेर गरेपछि पुरै बिश्वमा नै तहल्का मचेको छ । बिश्वभरको शेयर बाजारको बिन्दु रेकर्ड रुपमा तल झरेको छ । डलरको भाउ बढेको छ । बिश्वबाजार अक्कनबक्कको स्थितिमा आएको छ ।
किन भयो जनमत संग्रह ?
सन् १९७२ मा बेलायत युरोपियन युनियनको सदस्य भएको थियो । युरोपियन युनियनको आफ्नै कानुन छ, आफ्नै संसद, निति नियम र आफनै मुद्रा पनि । युनियनमा सहभागि २८ देशहरुमध्ये १८ देशहरुले युरोपियन युनियनको मुद्रा अर्थात युरो लाई अपनाएका छन् । युनियनमा रहेका देशहरुबिच खुल्ला व्यापार हुने गर्दछ ।
ईयुमा रहेका २८ वटै देशमा आवत-जावत गर्न भिसा लाग्दैन, व्यापार गर्न कुनै पनि प्रकारको कानुनी अडचन छैन । तर, विगतका केही वर्षहरुमा युरोपमा देखिएको आर्थिक मन्दी र व्यापारिक घाटाका कारण त्यहाँका नागरिकहरुमा निराशा छाएको थियो, अहिले पनि त्यहाँ रोजगारीका अवसरहरु गुमेका छन् ।
युनियनमा बेलायत एक शक्तिशाली र प्रभावकारी देशका रुपमा हालसम्म सहभागी रहेको थियो । तर, विगतका केही वर्षहरुमा देखिएको आर्थिक मन्दीले बेलायतका नागरिक युरोपियन युनियनमा रहिरहँदा भइरहेको घाटाका बारेमा सोच्न बाध्य भएका थिए ।
बेलायतीहरु बेलायत युरोपियन युनियनमा हुँदा अबौर्ं डलर तिनुपर्ने तर रिटर्न केही नहुने, बेलायत आफैले कुनै निति नियम बनाउन नसक्ने हरेक क्रियाकलापका लागि युनियनको भन्झटिलो नियमको सामना गनुपर्ने अवस्थाबाट बाहिर आउन युरोपियन युनियनबाट बाहिर आउनुपर्ने माग राखिरहेका थिए । सोही मागलाई आम राय बन्न दिने कि नदिने भन्ने कुराको टुंगो लगाउन त्यहाँको सरकारले जनमत संग्रह गराएको हो ।
जनमत संग्रहमा दुई राज्यको अलग निर्णय
बेलायत अहिले मूलतः चार राज्य बि्रटेन, वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्डको एक साझा साम्राज्य हो । युरोपियन युनियनमा रहिरहने कि नरहने भन्ने विषयमा भएको जनमतसंग्रहमा दुई-दुईवटा राज्य दुई धारमा देखिएका छन् ।
जनमतसंग्रहको परिणामअनुसार बि्रटेन र वेल्स जहाँ युरोपियन युनियनबाट अलग हुनुपर्ने पक्षमा देखिएका छन्, भने उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड रहिरहने पक्षमै देखिएका छन् । तर, समग्रमा आएको मत परिणामले भने युनियन छोड्ने म्यान्डेट दिएको छ ।
झण्डै ४४ वर्षपछि युरोपियन युनियनबाट अलग हुने परिणाम आएसँगै त्यसका पक्षधरहरुले त्यसलाई स्वतन्त्रताको संज्ञा दिएका छन् । तर, त्यसको विरोधमा रहेका त्यहाँका सत्ताधारी राजनीतिक दलका प्रधानमन्त्रीले भने जनताको म्यान्डेटलाई स्वीकार गर्दै आउँदो अक्टोबरमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो धारणाको विपक्षमा मत परिमाण आएपछि प्रधानमन्त्री डेबिड क्यामरनले नैतिकताका आधारमा पद छाड्ने घोषणा गरेका हुन् ।
Post a Comment