यतीले यो सहायता रकम प्रत्येक हवाई यात्रुको टिकटबाट ४ रुपैयाँका दरले छुट्टाएको हो ।
नेपालको सुदूरपश्चिमाञ्चल लगायतको क्षेत्रमा २०१० देखि २०१५ सम्ममा स्थानीय साझेदरहरुसँगको सहकार्यमा २ लाख ७२ हजार ६ सयभन्दा बढी बोट विरुवाहरु हरित योजनाअन्तर्गत रोपिसकेको छ ।
यती ग्रुप अफ कम्पनीजले भूकम्पबाट प्रभावितहरुका लागि आफ्नै पहलमा ४० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रहरुमा राहतका सामग्रीहरु ढुवानी गर्न र भूकम्प पिडितहरुलाई आवश्यक पर्दा उद्धारमा सहयोग गर्न पनि सक्रिय रहँदै आएको छ ।
यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाईर् अझ प्रभावकारी ढँगले संचालन गर्न हालसालै मार्फा फाउन्डेसनसँग कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्यको हात अघि बढाएको छ ।
यसैगरी यतीमा उडान गर्ने यात्रुहरुमध्ये अपाङ्गता भएकाहरुलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, बालबालिकालाई ३३.३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट प्रदान गर्दै आएको छ ।
यो सामाजिक छुट जेटस्टि्रम-४१ ले उडान भर्ने क्षेत्रहरु भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीका लागि काठमाडौंदेखि र काठमाडौंसम्ममा प्रदान गर्दै आएको यतीले जनाएको छ ।
Post a Comment