0

काठमाडौं महनगरपालिकामा घरको नक्सा र मुद्दासम्बन्धी प्रतिलिपि लिन जाँदा घण्टाैं लाग्नु त सामान्य हो, तर कहिले एक-दुई दिन नै लागेको भोगाइ तपाईसँग पक्कै होला । अबको डेढ वर्षपछि जग्गाका यस्ता कागजातको प्रतिलिपि दिन महानगरपालिकालेे बढीमा आधा घण्टा बढी कुराउने छैन ।
तपाईंले ‘हराएछ, च्यातिएछ, धमिराले खाएछ’ लगायतका झन्झटिला जवाफ पनि सुन्नुपर्ने छैन । किनभने महानगरपालिकाले घर र नक्साका यस्ता कागजातको डिजटलाइजेशन सुरु गरेको छ ।
अब महानगरभित्रका सबै घरका प्रतिलिपिहरुको डिजिलडाज्ड रेकर्ड रहने भएको छ । पुराना कागजातहरु असुरक्षित हुने र खोज्दा नभेटिने लगायतका कारण सबै महत्वपूर्ण कागजातलाई डिजिटलाइज्ड गर्न सुरु गरिएको महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अनलाइनखबरलाई बताए ।
के हो डिजटल रेकर्ड ?
अहिले प्रायः सबै सरकारी कार्यालयको कागजात राख्ने पद्दति राणाकालकै जस्तो नै छ । कपडामा पोको पारेर स्टोरमा लगेर कागजपत्र फ्याँक्दा त्यो खोजेको समयमा नभेटिने मात्रै होइन, मुसा, धमिराले खाने, ओस्सिएर वा मक्किएर जाने तथा च्यातिएर कामै नलाग्ने हुनेसम्मका समस्या देखिएका छन् । यही समस्यालाई सामाधा गर्न सबै महत्पूर्ण कागजातको रेकर्ड विद्युतीय रुपमा राख्न लागिएको हो ।
डिजिटल रेकर्ड तपाईंका घरका कागजातको विद्युतीय दस्तावेज हो । अहिले कागजी रुपमा मात्रै रहेका कागजातलाई अब विद्युतीय रुपमा कम्प्युरटर प्रणालीमा सुरक्षित गरिनेछ । अहिलेसम्म २३ सय फाइल र १६ देखि सत्र हजार पाना डिजिलाइज्ड भइसकेका छन् । ७ सय वटा फाइल विद्युतीय दस्तावेजका रुपमा परिणत भएका छन् ।
अब १० हजार नक्सा पनि डिजिलाइज्ड गरेर सकिएको महानगरपालिकाका मिसिल शाखा प्रमुख देवीकुमार तिमल्सिनाले बताए । यो प्रक्रियामा घरसम्बन्धीका २ लाख १० हजार फाइल र ३१ लाख ५० हजार पाना कागजात डिजिटलाइज्ड गरिनेछ ।

Post a Comment

 
Top